प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

२०८१ जेठ ८, मंगलबार २०:२५ बजे

नवलपरासी पश्चिम – नवलपरासी पश्चिममा आफ्नै घरको धारामा मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाउँपालिका–३ श्रीनगर बस्ने ३० वर्षीय प्रदीप चौधरी रहेका छन् ।

चौधरीको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।