काठमाडौं – दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा कपिलवस्तुमा एक युवाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नगरपालिका–९ का प्रवेश रोका मगर रहेका छन् । विपरीत दिशाबाट आएको लु ६० प ३५०५ नम्बर र युके ०७ डी जेड ६००८ नम्बरको दुई वटा मोटरसाइकल बिहीबार राति शिवराज नगरपालिका–५ खैरी बजारमा आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा वडा ९ का किसन दर्लामी, सागर घर्ती, सुदिप क्षेत्रीको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले बताए ।