प्रहर खबर
 २०८३ भाद्र १७, बुधवार    

प्रहरीको दुई समूह नै हराएपछि...

२०८१ पौष ९, मंगलबार ०८:१९ बजे

 

ललितपुर – फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा आएपछि उद्धार गरिएको छ। उनीहरू सोमबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराएका थिए।

जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार हराएका सबैलाई उद्धार गरिएको छ।

गोदावरी नगरपालिका–३ फूलचोकीमा हाइकिङका लागि गएका दुई समूह बाटो भुलेर जङ्गलमा अलपत्र परेका थिए। तीमध्ये १० जना युवा र ३ जना युवती रहेका थिए। 

सात जनाको पहिलो समूह अपराह्न १५:३० बजेदेखि र छ जनाको अर्को समूह १६:०० बजेदेखि हराएको जानकारी प्राप्त भएको थियो।उनीहरू फोन सम्पर्कमा रहेको आधारमा उद्धार गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

सोमबार दिउँसोबाट हराएका समूहहरूलाई प्रहरीको उद्धार टोलीले सकुशल फेला पारेको हो। प्रहरीले सबैलाई सुरक्षित स्थानमा पुर्‍याएको जनाएको छ।