काठमाडौं – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले अनुसन्धान लागि तेस्रो पटक थप ४ दिनको म्याद थप गरेको हो ।
अदालतले सन्दीपमाथि अनुसन्धान गर्न यसअघि दुई पटक म्याद थप गरेको थियो । यो तेस्रो पटक ७ दिनको म्याद थप्न अदालत लगेको थियो तर अदालतले ४ दिनमात्रै म्याद थप गरेको हो ।
लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।