बारा – जितपुर सिमरा उपमहानगरपालिका-१ निवासी राज कुमार रूम्बाको हत्या प्रकरणमा संलग्न तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१९ का २७ वर्षीय पुरूषोत्तम कुमार दास, २० वर्षीय इन्द्रजित कुमार चौहान, र महोत्तरी जलेश्वर नगरपालिका-३ का श्रीकान्त तिवारी रहेका छन्।
राज कुमार पुस ६ गते बिहान जितपुर सिमरा उपमहानगरपालिका-११ स्थित रमौली लोसन्डा जाने सडक छेउमा बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारभित्र मृत अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय बारा र अन्य टोलीको अनुसन्धानबाट उनीहरूलाई पक्राउ गरिएको हो। कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।