प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

लोकदोहोरी गायक पौडेलको निधन

२०७९ माघ १३, शुक्रबार ०६:१८ बजे

काठमाडौं – लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । दर्जनौं गीत गाएर चर्चित बनेका पौडेलको निधन स्याङ्जास्थित घरमै भएको हो ।

रक्तअल्पताको कारण उनी दुई महिनादेखि बिरामी थिए । दुई महिनादेखि उपचाररत उनी केही त्यसयता घरमै आराम गरिरहेका थिए ।

पौडेलको पार्थिव शरिरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ ।