काठमाडौं – काठमाडौंमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो भेटमा यूएईले नेपाललाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएपछि उक्त लक्ष्य पाएको हो ।
यूएईका लागि वृत्त्या अरविन्द र बासिल हमिदले समान ४५ रन बनाए । त्यस्तै असिफ खानले १८ रन, खालिद साहले १२ रन र अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
नेपालका सोमपाल कामी र अविनाश बोहराले समान २ तथा करन केसी र गल्सन झाले समान १ विकेट झारे । लिग चरणको अन्तिम खेलमा नेपालले यूएईसँग खेलेको हो । नेपाल एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।
तालिकामा नेपालले ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएईले २ खेलबाट २ अंक जोडेको छ । हङकङ ३ खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।