प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बाढीपहिरो अपडेट: मृतकको सङ्ख्या १० पुग्यो, अझै २९ जना बेपत्ता

२०८० असार ५, मंगलबार ०१:३६ बजे

काठमाडौं – अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी १० जनाको मृत्यु भएको छ । सोमबार अपराह्नसम्म २९ जना अझै बेपत्ता रहेको प्रहरी तथा नेपाली सेनाको स्रोतले जनाएको छ। मृत्यु हुनेमा सङ्खुवासभामा दुई। ताप्लेजुङ र पाँचथरमा तीनरतीन तथा नुवाकोट र तनहुँमा एकरएक जना रहेका छन् ।

बाढीपहिरोमा परेर सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई, पाँचथरमा एक र तनहुँमा दुई जना गरी आठ जना घाइते भएका छन् । घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। बाढीपहिरोमा परी सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँच जना गरी २९ जना बेपत्ता भएका छन् ।

बाढीपहिरोका कारण ३५ वटा घर, १० वटा गोठ, १३ वटा पुल, पाँच वटा उद्योग र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ६७ वटा चौपायाको मृत्यु भएको छ । विपत् ९७ घरपरिवार विस्थापित भएका छन् ।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय, स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको जनाएको छ ।