प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा चलचित्र पत्रकार संघको प्रथम राष्ट्रिय भेला सुरु

२०८० फाल्गुन ६, आईतबार २१:३० बजे

हेटौंडा – चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा सुरु भएको छ । संस्था स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले आज देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गरेको हो संघका अध्यक्ष समीर वलामीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन् भएको हो । सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तर्कृया, कार्यशाला, गोष्ठि, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरु गरिने छ।

स्थानिय ठाउँहरुलाई नेपाली सिनेमा मार्फत पर्यटन प्रवर्द्वन गर्ने उदेश्यले राष्ट्रिय भेलाको आयोजना गरेको अध्यक्ष बलामीले बताए । भेलामा देसभरबाट दुई सय पचास जना पत्रकारहरु र ५० बढी कलाकार अतिथिको रुपमा उपस्थित भएका छन् । सोही अनुसार व्यवस्थापन पुरा गरिसकेको संघका मकवानपुर शाखा अध्यक्ष कपिल खड्काले बताए ।

कार्यक्रममा नेपाली चलचित्र उध्योगको कार्यपत्र र चलचित्र पत्रकारिता क्षेत्रको कार्यपत्र प्रस्तुत गरिदै छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदा माथि छलफल हुँदै छ । प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा विट पत्रकारिता र हेटौंडाका पत्रकारका लागि पत्रकार आचर संहितामाथी छलफल गर्दैछ । बिज्ञापन बोर्डले अनलाईन व्यवस्थापक सम्बन्धी कार्यशाला आयोजना गर्दैैछ ।

यस्तै फागुन ७ गते सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयहरुमा संवाद र अन्तर्कृया कार्यक्रम आयोजना हुनेछ ।

चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सह सचिव नेत्र प्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सुर्य थपालिया, संचार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधिलगायत वक्ताहरुको उपस्थिति कार्यक्रममा रहनेछ ।


यस्तै दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, सन्जोग बस्याल, अरुण बराल, चिरन्जिबी पौडेल, मोहन निरौला, राजु केसी, नवल खड्का, रवि अधिकारी, के एल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारहरुको सहभागि हुनेछन् ।