प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

२०८० आश्विन २८, आईतबार १७:३० बजे

मुगु – मुगुमा जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका २ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रूपैयाँ सहित पक्राउ गरेको हो । यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँस्थित होटेल टपटाउनमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई नगद १३ हजार ६ सय ४९ रूपैयाँसहित शनिबार दिउँसो पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।