प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

श्री एयरलाइन्सको विमानको इन्जिन फेल भएपछि आकस्मिक अवतरण

२०७९ बैशाख २८, बुधबार ०७:३० बजे

काठमाडौँ – काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको एक विमानको इन्जिन फेल भएपछि काठमाडौँमा सकुशल आकस्मिक अवतरण गराइएको छ । ८७ जना यात्रुसहित विमान धनगढीका लागि उडेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज केही बेरअघि काठमाडौँमा सुरक्षित अवतरण गराइएको हो ।जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने नागरिक विमान कम्पनी स्रोतले जानकारी दिएका छन् । आकस्मिक अवतरणको क्रममा आकाशमा इण्डिगो, सिंगापुर एयरलाइन्स र भद्रपुरबाट उडेको यति एयरलाइन्स आकाशमा होल्ड गराइका थिए ।