हेटौंडा – तनहुँ आँबुखैरेनी गाउँपालिका–५ खाल्टेपानीमा चट्याङ्ग लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० वर्षीय छोरा पृतम गुरुङ रहेका छन् ।
डिलबहादुर गुरुङको एकतले कच्ची घरमा चट्याङ्ग पर्दा उनको छोरा गुरुङको मृत्यु भएको हो । घरको कोठा भित्र शुक्रबार विहान बसिरहेको चट्याङ पर्दा युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।