प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भरतपुरमा एक वृद्धको शव फेला

२०७९ कार्तिक ३, बिहीबार ११:२६ बजे

हेटौंडा – चितवनको भरतपुरमा एक वृद्धको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका–४ लाङ्घालिचोक नजिकै स्थानीय ६३ को गुण बहादुर बिकको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बिकको शव घोप्टो परेको अवस्थामा फेला परेको हो । शव परीक्षणको लागि अस्पताल लगिएको र घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।