हेटौंडा – सर्लाहीको बरहथवा नगरपालिका १६ सितापुर कटानीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिव इट्टा उधोगका कामदार भारतीय नागरिक शंकर छाउनीका ६ वर्षीय छोरा हेमन्त रहेका छन् ।
प्रहरीका अनुसार बुधबार साँझ प्रदेश २–०३–००१ त ६५५५ नम्बरको ट्याक्टले हेमन्तलाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा हरिवन स्थित लिलावती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
चालक फरार भएकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय मुर्तियाले सर्लाहीले जानकारी दिएको छ ।