काठमाडौं – दार्चुलाको शैल्यशिखरमा घाँस काट्ने क्रममा भिरबाट लडेर पूर्ववडासदस्यको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–६ का ५० वर्षीय तारासिंह डागा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
साविकको ग्वानी गाविस– ७ नम्बर वडाका २०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य डागा बुधबार मेलामा घाँस काट्ने क्रममा भिरबाट लडेर घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ ।