काठमाडौं – मोरङको उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी–६ मावा खोलाको पुलमुनि बस्दै आएका करिब ४० वर्षीय ग्याटिसे भनिने सन्तोष राई रहेका छन् ।
लामो समयदेखि उर्लाबारी क्षेत्रमा प्लाष्टिकजन्य सामग्री सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका राईको बिहीबार बिहान मृत्यु भएको हो । इलामको चुलाचुली घर बताउने राईको आफन्तहरु सम्पर्क आएका छैनन् । उनको शव पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।