प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

२०७९ भाद्र ८, बुधबार ०६:३२ बजे

काठमाडौं – नेपाली बजारमा केही दिनदेखि निरन्तर रूपमा घटेको सुन–चाँदीको मूल्य बुधबार भने बढेको छ। आज छापावाल सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेको छ।