हेटौंडा – एक ब्यक्तिले आफ्नो श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अर्घाखाँचीमा आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको भन्दै मालारानी गाउँपालिका–२ डाँडाकटेरी बस्ने २७ वर्षीय कमल भुषालले प्रहरी समक्ष शुक्रबार दिउँसो आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घर नजिकै जंगलमा दुवै जना दाउरा काट्न गएको अवस्थामा आफैँले बाँधेको गम्छाको प्रयोग गरी श्रीमतीको हत्या गरेको भन्दै आफै ईलाका प्रहरी कार्यालय खनमा आएका हुन् । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।