काठमाडौं – कुमारी आमाको उपमाबाट चर्चामा आएकी निहारिका राजपूत र शिवराज श्रेष्ठले विवाह गरेका छन् । उनीहरुबीच लामो समयदेखि विवाद चल्दै आएकामा अन्तत: विवाह गरेका हुन् ।
सम्बन्ध सुध्रिएसँगै निहारिकाले शिवराजविरुद्वका सबै मुद्दा फिर्ता लिएर शिवराजसँगै विवाह गरेकी हुन् । केही समयअघि निहारिकाले शिवराजविरुद्व बलात्कार मुद्दासमेत हालेकी थिइन् । तर जिल्ला अदालतले सफाइ दिएको भनेर निहारिका उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् । तर गत माघ १६ गते उनले धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै मिलापत्र गरेकी थिइन् ।
धनुषा जिल्ला अदालतले शिवराज र निहारिकाबीच प्रेमसम्बन्ध रहेको र प्रेमसम्बन्धमा समयमा भएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी भनी मान्न नमिल्ने भन्दै शिवराजलाई सफाइ दिएको थियो । निहारिकाले शिवराजविरुद्ध अंश मुद्दा पनि दर्ता गराएकी थिइन् ।