प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

इरानबाट ११ जना नेपाली फर्कने तयारीमा

२०८२ असार ९, सोमबार १८:३६ बजे

हेटौंडा । इरानको राजधानी तेहरानबाट ११ जना नेपाली गएराति मसद पुगेका छन् ।

इरानमा रहेको भारतीय दूतावासले उद्धार गर्ने भएपछि उनीहरू इरानकै अर्को शहर मसद पुगेका हुन् । त्यहाँबाट भारतले उद्धार गर्ने बताएको छ ।

उनीहरू तेहरानमा रहेका विभिन्न दूतावास र इरानी रेस्टुरेन्टमा काम गर्दै आएका थिए । इरानको तेहरानमा अझै ५ जना नेपाली जेलमा रहेका छन् ।

उनीहरूलाई उद्धार गर्न प्रक्रिया भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।