हेटौंडा – मोरङमा कार र मोटरसाईकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सुन्दरहरैचा नरपालिका ८ मा आइतबर बेलुका को १ च ५२२० नम्बरको कार र प्रदेश १–०२–०२९ प ८१५४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४५ वर्षीय किरण बराईलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनरमा मृत्यु भएको हो । मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । पश्चिमबाट पुर्वतर्फ जादै गरेको कार र विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल आइतबार बेलुका पौने ७ बजे आपसमा ठोकिएका हुन् । कार सहित चालकलाई इलाका प्रहरी कार्यालय बिराटचोकले नियन्त्रणमा लिएको छ ।