हेटौंडा – शैक्षिक भ्रमणको क्रममा बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ मा बसको ढोकाबाट खसेर गुल्मी कालिगण्डकी गाउँपालिका ७ का १९ वर्षीय प्रदिप भन्ने मेघ बहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुल्मीको भवन माध्यामिक विद्यालयको शैक्षिक भ्रमण टोली सवार ग १ ख ७६ ८३ नम्बरको बसको बसबाट परियार आज बिहान १० बजे ढोकाबाट खसेका थिए ।
उनी जोमसोमबाट मुक्तिनाथतर्फ जाने क्रममा बसबाट खसेका हुन् ।
बसबाट खसेर गम्भिर घाइते भएका परियारको उपचारको क्रममा जिल्ला अस्पताल मुस्ताङमा मृत्यु भएको हो । बस सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।