काठमाडौं – जिल्ला अदालत तनहुँले नायक पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिन सुरू गरेको छ । ३ बजेदेखि बयान लिन थालेको जिल्ला अदालत तनहुँका डिट्ठा विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए । ‘सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ता गरेको थियो । अभियुक्तहरूको बयान लिने काम भइरहेको छ,’ उनले भने । दुवै पक्षका कानुन व्यवसायी बयानमा उपस्थित छन् ।
बयान सकिएपछि जाहेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच बहस चल्नेछ । दुई पक्षको बहस सुनेर मिसिलमा संग्लन प्रमाणको आधारमा थुनछेक आदेश हुने उनले बताए । प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि थुनामा पठाइने र प्रमाण नपुगे धरौटीमा रिहा हुने उनले जानकारी दिए । उनिमाथि नाबालिग गायिका बलात्कार अभियोगमा मुद्दा दर्ता भएको थियो ।