प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८० जेठ ३२, बिहीबार ०४:०५ बजे

हेटौंडा – कैलालीको धनगढी उपमहानगरपालिका १७ धुर्जन्नामा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय धनिराम चौधरी रहेका छन् ।

प्रहरीका अनुसार से ७ प ५४ ८६ नम्बरको मोटरसाइकल मंगलबार १० बजे अनियन्त्रित भई पल्टिएको थियो । गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा गएराती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।