प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरको मनहरीबाट तीन जना पक्राउ

२०८१ बैशाख २५, मंगलबार ०९:५४ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ माईङाखोलाबाट लागुऔषध गाँजा सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–३ बस्ने बर्ष–२३ को राजेन्द्र घिसिङ, कैलाश–४ बस्ने बर्ष–२७ को बिबेक प्रजा र मकवानपुर हेटौडा उपमहानगरपालिका–१८ बस्ने बर्ष–२२ को उत्तम पाख्रिन रहेका छन् ।

पर्सा राष्ट्रिय निकुन्जमा निकुन्ज शुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले नाङलो बोकेर हिडिरहेको अबस्थामा शंका लागेर सोधपुछ तथा चेकजाँच गर्दा उनीहरुको साथबाट ३६ किलो लागुऔषध गाँजा बरामद गरेको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।