प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बेहोस अवस्थामा फेला परेकी मकवानपुरकी स्याङतानको मृत्यु

२०८१ पौष ४, बिहीबार २१:४१ बजे

हेटौंडा – चितवनको राप्ती नगरपालिका वडा नं.२ गड्यौलीमा बेहोस अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल राप्ती नगरपालिका–२, गड्यौलीस्थित चर्चमा बस्दै आएकी ४४ वर्षीय छिरिङ स्याङतानको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

प्रहरीका अनुसार स्याङतान आफ्नै सुत्ने खाटमा बेहोस अवस्थामा फेला परेकी थिइन्। उनका छोराछोरीले तत्काल स्थानीयलाई खबर गरी उनलाई उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल पुर्याएका थिए।

डाक्टरले साँझ १८ः१५ बजे जाँच गरी स्याङतानलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ।