प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कीर्तिमानी मूल्यमा अनुबन्ध भए क्रिस्टियानो रोनाल्डो

२०७९ पौष १६, शनिबार ०२:३३ बजे

काठमाडौं – पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन्। क्लब अल नसरले पनि रोनाल्डोको तस्बिर साझा गर्दै उनी अनुबन्ध भएकोबारे जानकारी दिएको छ।

रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेको अलअरबियाले जनाएको छ। अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताइएको छ। उनको करार सन् २०२५ सम्म रहनेछ ।

रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको जुन वार्षिक १७.७ करोड पाउन्डभन्दा धेरै रहनेछ । ३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् ।

रोनाल्डोले म्यानचेस्टर युनाईटेड छाडेपछि क्लबविहीन रहेका थिए। रोनाल्डो गत वर्ष युनाइटेड फर्किएका थिए। तर, मुख्य प्रशिक्षक एरिक टेन हागसँगको विवादपछि उनले क्लब छाडेका हुन्।