हेटौंडा – नेकपा (एकिकृत समाजवादी) परित्याग गर्नेको मकवानपुरमा लहर चल्न थालेको छ । जिल्ला अध्यक्ष श्रीधर पोखरेलले समाजवादी परित्याग गरेर एमालेमा प्रवेश गरेपछि समाजवादीका नेता–कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने लहर चलेको हो ।
यसै क्रममा नेकपा ९एकिकृत समाजवादी० को हेटौँडा उपमहानगर कमिटि सदस्यहरु सुजता पोखरेल, सिमान्त पोखरेल, प्रमोद पोखरेल, विशाल श्रेष्ठ, नगर सदस्य एवम् युवा संघ हेटौँडा उपमहानगर कमिटिका उपाध्यक्ष विश्वास श्रेष्ठ,सदस्यहरु सुलभ क्षेत्री,रोहित श्रेष्ठ, सुदिप श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
यसअघि जिल्ला अध्यक्षसहित पोखरेल, जिल्ला सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र डीसी, जिल्ला सदस्य गोपाल बहादुर चेपाङ, जेम प्रजा, मनहरी गाउँकमिटीका सह—सचिव जोन प्रजा, सदस्य विमल स्याङ्तान, प्रबिण चेपाङ, सुब्बा बहादुर चेपाङ, शुरेस पाण्डे, राज चेपाङ, राजन चेपाङ लगायत तीन दर्जन बढी नेता–कार्यकर्ताहरुले पार्टी परित्याग गरेका थिए ।