प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

महसुल नबुझाएपछि मन्त्रालयको काटियो बिजुली

२०८० कार्तिक २०, सोमबार १३:५३ बजे

पोखरा – नेपाल विद्युतु प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको विद्युत महसुल नतिरेपछि बिजुली काटिदिएको छ ।

केन्द्रले ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिदिएको हो ।केन्द्रका अनुसार मन्त्रालयले २७ हजार ६५ रूपैयाँ बक्यौता तिर्न छ ।

तर, बिजुली काटिए पनि मन्त्रालयलाई भने असर परेको छैन। मन्त्रालयमा दुई फेज र तीन फेज लाइन जडान गरिएको छ ।

पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तीव्र पारेको छ ।