प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनचाँदीको मूल्य घट्यो

२०८० भाद्र २४, आईतबार ०६:३७ बजे

काठमाडौं – नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ । आज आइतबार सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ३५० र चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार एक लाख १२ हजार ३०० रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र एक हजार ४०५ रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।