प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्याक्टर दुर्घटना हुँदा परिचालकको मृत्यु , चालक घाइते

२०७९ माघ १८, बुधबार ०५:३३ बजे

हेटौंडा – रुकुम पश्चिमको मुसिकोट नगरपालिका १४ छिवाङ ज्युला ढुडेबगरमा गएराति ट्याक्टर दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

सोलावाङबाट सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर गएराति साढे ९ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा ट्याक्टर चालक मुसिकोट नगरपालिका ८ गोरखानीका २२ वर्षीय मन बहादुर बि.क. र परिचालक जाजरकोटको भेरी नगरपालिका १ का ३५ वर्षीय हरि बहादुर बि.क. घाइते भएका थिए ।

सल्लेस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा हरि बहादुरको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट छिवाङले जनाएको छ । चालक मन बहादुरलाई भने थप उपचारको लागि नेपालगञ्ज ल्याइएको छ ।