हेटौंडा – आफ्नै घरमा विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–११, सितल टोल बस्ने अन्दाजी ५२ वर्षीय मेघ बहादुर कुमालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार कुमाल आफ्नै घरमा जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।