प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाका एक युवा प्रहरीको फन्दामा

२०७९ फाल्गुन २, मंगलबार ०१:४१ बजे

हेटौंडा - हेटौंडा उपमहानगरपालिका-६ गौरिटारबाट लागुऔषध सहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय भिम राउत रहेका छन् । 

 

बिशेष सुचनाको आधामा खटिएको प्रहरीको टोलीले राउतलाई आफ्नै घरबाट  नाईट्रोभेट ३० वटा ट्याब्लेट र गाँजा २ किलो ९०० ग्राम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

 

उक्त लागुऔषध सहित राउतलाई नियन्त्रणमा लिएर थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।