हेटौंडा – मकवानपुरको वाग्मती गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । सत्तारुढ गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्केश घलान प्रमुखमा र नेपाली कांग्रेसका उम्मेदवार फणिन्द्र तिमल्सिना उपप्रमुखमा निर्वाचित भएका हुन् ।
सर्केशले नेकपा एमालेका उम्मेदवार खेम जर्गामगरलाई पराजित गरेका हुन् । सर्केशले ७ हजार ३८४ मत प्राप्त गरेका थिए । पराजित खेमले ६ हजार १६६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा विजयी भएका फणिन्द्रले ७ हजार ९३५ मत प्राप्त गरेका थिए । उपमेयरमा पराजित नेकपा एमालेकी धनमाया स्याङ्तानले ४ हजार ६६९ मत प्राप्त गरेकी थिइन् ।
वाग्मतीमा माओवादीले ५ वटा, एमालेले ३ वटा र कांग्रेसले एक वडा जितेको छ । मतगणनाको क्रममा विवाद हुँदा दोहोर्याएर एउटा वडाको मतगणना गर्नुपर्दा ढिलो नतीजा सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना आएको निर्वाचन अधिकृत हरि उपाध्यायले जानकारी दिए