प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घुससहित पक्राउ परेका उपसचिव नेपालविरुद्ध मुद्दा दायर

२०७९ आश्विन २, आईतबार ०९:५२ बजे

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आइतबार श्रेष्ठ उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा ९१० ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धत्माक वाक्यांश बमोजिम सजाय हुन मागदावी लिएर विशेष अदालत आरोपपत्र दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

नेपाल नेपाल काठमाडौं महागनरपालिका– १ स्थित होटल आर्यनाबाट ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनीमाथि प्याराग्लाइडिङ सञ्चालनको लाइसेन्स बनाइदिने भन्दै नेपालले सेवाग्राहीसँग उक्त रकम घुस लिएको आरोप लागेको छ ।

सोही ठाउँमा नेपालले रोकिराखेको गाडीमा १६ लाख ५० हजार रुपैयाँ पनि बरामद भएकोमा अख्तियारले त्यसमा पनि मुद्दा दायर गरेको छ ।

उनले सेवाग्राहीसँग सापटी भन्दै घुस लिएको आरोप लगाइएको छ । उक्त रकम बीबी एयरवेज प्रालिका सीईओ हरिभक्त श्रेष्ठले सापटीबापत दिएको नेपालले दाबी गरेका थिए ।