हेटौंडा – बारामा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । आफ्नै श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर बस्ने २७ वर्षीय सैमोदिन अंसारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धान गर्ने क्रममा सैमोदिनले श्रीमतीको हत्या गरेको खुल्न आएपश्चात उनलाई पक्राउ गरेको हो ।
साथै सोही घटनामा संलग्न उनकै भाउजु अप्सना खातुन समेतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।