प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

करेन्ट लागेर सार्की र श्रेष्ठको मृत्यु

२०८० कार्तिक २१, मंगलबार १६:२७ बजे

झापा – झापामा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ । झापाको दमक र कन्काईमा करेन्ट लागेर एक एकजनाको मृत्यु भएको हो ।

दमक नगरपालिका–३ स्थित खोल्सीमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर भोजपुर नगरपालिका–११ का ३५ वर्षीया चंखबहादुर सार्कीको मृत्यु भएको हो ।

कन्काई नगरपालिका–३ स्थितमा हरिहर पराजुलीको दुई तले घरमा टिनको छाना लगाउने क्रममा करेन्ट लागेर कन्काई नगरपालिका–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठको मृत्यु भएको हो ।