काठमाडौं – इनारभित्रै करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका ६ मा इनारभित्रै करेन्ट लागेर स्थानीय ४२ वर्षीय बिजय साह र उनका १९ वर्षीय छोरा अमर साहको मृत्यु भएको हो ।
बुबा विजयलाई करेन्ट लागेपछि छोरा अमर छुटाउन गएका अमरलाई पनि करेन्ट लागेको हो । करेन्ट लागेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । उनका अनुसार इनारभित्र जडान गरिएको मोटर बिग्रेपछि मर्मत गर्न भित्र छिरेका थिए ।
मृतक बाबु–छोराको शव पोष्टमार्टमका लागि लहान अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।