प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपालको लगातार दोस्रो जित

२०७९ कार्तिक १९, शनिबार १४:४० बजे

काठमाडौं – बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशलाई १–० गोलले हराएको हो ।

नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले ८६ औँ मिनेटमा गरेकी थिइन् । बंगलादेशलाई हराएसँगै नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

बंगलादेश ३ अंकसहित दोस्रो स्थानमा र भुटान पुछारमा छ । आफ्नो पहिलो खेलमा नेपाल र बंगलादेशले भुटानलाई हराएको थियो ।

बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो । त्यस्तै उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० गोल अन्तरले हराएको थियो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।