हेटौंडा – नेपाली राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सुचिमा हरि खड्का र नीराजन रायमाझी छन् । उनीहरुको नाममा समान १३–१३ गोल रहेको छ ।
उक्त कोसेढुङ्गाको नजिक अहिलेका नेपाली टिमका फरर्वाड अन्जन विष्ट छन् । उनको नाममा १२ गोल रहेको छ । नेपालका पूर्व स्टार खेलाडी हरि र नीराजनको कीर्तिमानी गोल भेट्टाउन अन्जन एक गोल मात्र टाडा छन् ।
तर, अन्जन कीर्तिमान बनाउने अवसरबाट चुकेका छन् । आज शुक्रबार म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलमा हरि र निराजनसंग कीर्तिमानी बराबर गर्ने अवसर खेर फालेका हुन् ।
खेलको ५८ औँ मिनेटमा डिबक्स क्षेत्रमा म्यान्मारको डिफेन्डरको हातमा बलले लागेपछि नेपालले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी अन्जनले प्रहार गरेका थिए ।
अन्जन पेनाल्टीमा गोल गर्ने अवसरबाट चुके । उनको प्रहार म्यान्मारका गोलरक्षकको खुट्टामा लाग्दै फर्कियो । अन्जनले प्रहार गरेको बलले जाली चुम्न सकेन ।
फुटबल उर्वरभूमी हेटौंडामा मैलाएका अन्जन एन्फा एकेडेमीको उत्पादन हुन् । उनी नेपाली राष्ट्रिय टोलीको यू–१६ र यू–१९ का सर्वाधिक सफल खेलाडी थिए । नेपालले दक्षिण एसियाको उमेर समुहको फुटबल प्रतियोगिताको उपाधि जित्दा बिष्टको महत्वपूर्ण योगदान गरेका थिए।
उमेर समुहको खेलमा राम्रो प्रभाव छाडेका अन्जनले सन् २०१४ मा फिलिपिन्स विरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका थिए । अन्जनले पहिलो राष्ट्रिय गोल गर्न पाँच वर्ष कुर्नु परेको थियो । विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध सन् २०१९ मा उनले एकै खेलमा २ गोल गरेका थिए ।
नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय खेलमा गोल गर्न नसकेको भन्दै आलोचना खोप्दै थियो, २०७७ चैतमा अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टिमका मुख्य प्रशिक्षकमा नियुक्त भए । अलमुताइरीकै प्रशिक्षणमा ५ गोल गरेका थिए ।
सन् २०२१ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध अन्जनले २ गोल गरेका थिए । उनले दशरथ रंगशालामा भएको भारत विरुद्ध मैत्रीपूर्ण खेलमा एक गोल गरेका थिए ।
त्यसपछि माल्दिभ्समा बुधबार भएको १३ औँ साफ च्याम्पियनसिपमा श्रीलंका र बंगलादेशविरुद्ध एकरएक गोल गरेका थिए । उनले बंगलादेशविरुद्ध गरेको गोलले नेपाललाई इतिहासमै पहिलो पटक साफको फाइनलमा पु¥याएको थियो ।
सोही साफमै अन्जनले सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने घोषणा समेत गरेका थिए । त्यति बेला अन्जनको ७ गोल मात्रै थियो । साफ फुटबलपछि विं।सं।२०७९ असोज ११ गते बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गर्दै अञ्जनले आफ्नो व्यक्तिगत गोल संङ्ख्या १० पू¥याएका थिए ।
२०७९ कार्तिक ३० गतेको दशरथ रंगशालामै नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गर्दै ११ गोल पुरा गरेका थिए । त्यसपछि २०८० असार ६ गते साफ च्याम्पियनशिप अन्तर्गत कुवेतविरुद्धको खेलमा एक गोल गर्दै १२ गोल पुरा गरेका थिए । उक्त खेलमा नेपाल ३–१ गोल अन्तरले पराजित भएको थियो ।
म्याम्मारविरुद्धको पहिलो मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा सकिएको छ । दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ । म्याम्मारविरुद्धको पहिलो मैत्रीपूर्ण खेल गोल रहित बराबरीमा सकिएको छ ।
दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ । उक्त खेलमा अन्जनले गोल गर्न गरे कीर्तिमानी बराबरी गर्नेछन् ।यदी अन्जनले गोल गर्न सकेनन् भने एएफसी एसियन कपको छनोटको प्रारम्भिक चरणको खेल कुर्नु पर्नेछ । उक्त खेल नेपाल र लाओसबीच हुनेछ ।