हेटौंडा – जनकपुरधामस्थित एक होटेलमा महिला र पुरुषको शव फेला परेको छ । रामानन्दचौकमा रहेको होटेल होली डे एण्ड गेष्ट हाउसमा महिला र पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको हो।
महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरी लोहारपट्टी नगरपालिका ४ खुट्टाकी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । होटेलको कोठाभित्र चुकुल लागेको अवस्थामा उनीहरुको झुन्डिएको अवस्थामा फेला परेको हुन् ।
प्रहरीका अनुसार कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएको देखिएको थियो। धनुषाको प्रहरी टोली घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको छ। दुवैजना चार दिनदेखि होटेलमा थिए।
मृतक पुरूषका चार र महिलाको १ सन्तान छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।