प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

उम्मेदवारको नामावली आज प्रकाशन गरिने

२०७९ आश्विन २५, मंगलबार ०५:१४ बजे

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रत्यक्षे निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

सोमबार उम्मेदवारको विरोधमा परेको परेको उजरी उपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिने निवार्चन आयोगले जनाएको छ ।

भाृेली असोज २६ गते बुधबार उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम आयोगले जनाएको छ ।

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते दर्ता भएको मनोनयनपत्रको सूची सोही दिन प्रकाशन भइसकेको छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने र असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको थियो ।