प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

बाढीपहिरो अपडेट : २३९ जनाको मृत्यु, अझै १८ बेपत्ता

२०८१ आश्विन १९, शनिबार ०७:३० बजे

काठमाडौँ – अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्। अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए।