काठमाडौं – एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा नेपालका लागि रोहितकुमार पौडेल र कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।
रोहितले ५६ बलमा ४ चौका र १ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।
कुशलले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । उनी ४४ बलमा ५७ रन बनाएर आउँट भएका छन् ।
नेपालले ३० दशमलब १ ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको छ ।