प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

२०७९ असार १४, मंगलबार ०७:१६ बजे

काठमाडौं – मन्त्रिपरिषद् बैठक मङ्गलबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग जहतराजले प्रधानमन्त्री शेरबहादुर देउवाले ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए ।

यसअघि एकीकृत समाजवादीका तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद हेरफेर गरेको थियो ।नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसकेका छन् ।

सरकारमा एकीकृत समाजवादीका तर्फबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानी खापुङ, श्रममन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसी सहभागी छन् ।