प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अष्ट्रेलिया पठाइदिन्छु भनेर ३० लाख झ्वाम, रेग्मी पक्राउ

२०८० बैशाख १७, आईतबार १४:१३ बजे

काठमाडौं – अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१ लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

रेग्मीले अष्ट्रलियाको प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभन देखाएर काठमाडौं महानगरपालिका–१ लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक रेग्मीसंग ३० लाख रुपैया ठगी गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१ दरबारमार्गबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।