काठमाडौं – धादिङको बेनिघाट रोराङ–७ कृष्णभिरमा मृत भेटिएका पत्रकार तथा कलाकार प्रकाश ढकालको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।ढकालको हत्या आरोपमा जिल्ला प्रहरी कार्याल धादिङले ४ जनालाई पक्राउ गरेको हो।
धादिङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सन्तोष परियार, निलबहादुर दर्जी, समीर विक र रविराज सुवेदी छद्धन्। पक्राउ परेका ४ जनामध्ये १ जना बसका साहु, १ जना चालक र २ जना सहचालक रहेको प्रहरीले जनाएको छ।