काठमाडौं – अभिनेता अनमोल केसी चिरायु अस्पतालमा भर्ना भएका छन् ।आपराधिक विस्वासघातको आरोपमा शुक्रबार दिउँसो साँगाबाट पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएको भएका हुन् ।
‘रावायण’ फिल्मका निर्माण पक्षले एड्भान्स लिएर पनि केसीले फिल्ममा काम नगरेपछि आपराधिक विस्वासघात गरेको भन्दै अपराध महाशाख, बानेश्वरमा गत भदौ ८ गते उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा केसी शुक्रबार दिउँसो साँगाबाट पक्राउ परेका हुन् ।
अभिनेता केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । फिल्म निर्माण पक्षका अनुसार केसीले रावायण फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेका थिए । त्यसपछि सम्झौता गर्न नमानेपछि प्रहरीमा उजुरी परेको थियो। फिल्मका अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको निर्माण पक्षले जनाएको छ ।
अभिनेता अनमोल केसी चिरायु अस्पतालमा भर्ना हुनु पर्नेमा अन्यथा हुन गएकोले सच्याईएको– सम्पादक