प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुई बेवारिसे शव फेला

२०८० मंसिर १९, मंगलबार १७:३८ बजे

काठमाडौँ – देशका विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–२१ जैसीदेबल मन्दिर पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै पाल्पाको तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिक नालीमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।