काठमाडौं – जाजरकोटको नलगाडमा भीरबाट लडेर एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका – १ का ६५ वर्षीय भद्र कामी रहेका छन् ।
शनिबार खच्चरमा सामान लिएर नलगाड नगरपालिका १ जुरेलीतर्फ गएका उनी फर्किन क्रममा जुरेलीको पुवाँ डाँडा भीरबाट लडेका थिए । दुई दिनसम्म सम्पर्कमा नआएपछि परिवारले खोजतलास गर्दै जाने क्रममा भीरबाट लडेर कामीको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
घटनाको बारेमा अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।